डा. कार्कीको पहलमा भोजपुरको प्याउली स्कुलले बस पायो


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डा. लोचन कार्कीको पहलमा भोजपुरको श्री शारदा माध्यामिक विद्यालय प्याउलीले स्कुल बस पाएको छ ।

उनको भोजपुरको अरुण गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालय, प्याउलीले एउटा स्कुल बस पाएको हो । भारतीय दूतावासको सहयोगमा प्याउलीस्थित स्कुलले बस प्राप्त गरेको छ ।

उक्त स्कुल बस शारदा माध्यमिक विद्यालय, प्याउलीका कार्यवाहक प्रधानाध्यापक गुणराज खनाल, मनोज राईलगायत लिन काठमाडौं आएका छन् । चिकित्सक संघका अध्यक्ष समेत रहिसकेका डा. कार्कीले यस अगाडि प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीलाई एम्बुलेन्स उपलब्ध गराएका थिए । उनको पहलमा भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको थियो ।

यसपटक डा. कार्कीको पहलमा भारतीय दूतावासल स्कुल बस उपलब्ध गराएको हो । उनले अरुण गाउँपालिकाको केन्द्र प्याउलीको स्वास्थ्य र शिक्षामा महत्त्वपूर्ण योगदान दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. लोचन कार्की, #श्री शारदा मावि प्याउली, #स्कुल बस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com