२२ वर्ष देखि स्वास्थ्य बुझेका बस्नेतले महिनौँ देखी एआरभी अभावले मान्छे मरेको पत्तै पाएनन्

जुनोटिक शाखा प्रमुखको गैरजिम्मेवारीले देशका सातै प्रदेशमा एन्टिरेबिज भ्याक्सिन अभाव 


काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले २८ साउनको एक कार्यक्रममा कुनै पनि नेपालीले उपचार सेवा नपाएर अब मर्नु नपर्ने बताएका थिए । उनको यो भाषणको आशय आफू मन्त्री हुनु भन्दा अगाडि सेवा नपाएर मान्छे मरेका थिए, म मन्त्री भए अब मर्दैनन् भन्ने हो ।

आफू २२ वर्ष अगाडि नै स्वास्थ्य राज्यमन्त्री भएको सबै जानकारी छ भन्ने घमण्ड उनको व्याप्त छ । त्यही घमण्डको उपज हो भाषण । तर, विगत ५ महिना देखी देशमा रेबिजबाट बच्ने भ्याक्सिनको अभाव छ । अधिकारीहरूले बताए अनुसार बैशाख देखी एन्टिरेबिज (एआरभी) भ्याक्सिन अभाव छ ।

प्रति वर्ष करिब ३ लाखले रेबिज विरुद्धको भ्याक्सिन लगाउने गर्छन् । बैशाख देखी फाट्ट फुट्ट काठमाडौंमा देखिए पनि सात प्रदेशका सेवा केन्द्रमा ठप्प छ । प्रदेश प्रयोगशालाले बताए अनुसार नेपालगञ्ज, सुर्खेत, कोशी, मधेश, गण्डकी र लुम्बिनी सबै तीर भ्याक्सिन अभाव छ । यता जनता मर्न नदिने मन्त्री विदेश सयरमा आनन्द लिइरहेका छन् ।

मन्त्रीलाई सचेत गराउन समाचार लेख्नेहरुलाई उनका धुपौरेले गगनको मान्छे भन्ने वा जसरी मन्त्री सुसूचित गराउने पत्रकारहरू हुन्छन् उनीहरूको विरुद्धमा मन्त्री भड्किने कुरा गरिरहेका छन् । मन्त्रीका धुपौरेले गर्दा गर्दा आम नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जुनोटिक शाखा रहेको छ । उक्त शाखाको जिम्मेवारी पाएका डा हेमन्त ओझाले यस विषयमा कुनै चासो नदिदा प्रदेशहरूमा भ्याक्सिन आउन नसकेको त्यहाँका अधिकारीहरू बताउँछन् । अरुका कुरा ज्यादा गर्ने उनी आफ्नो काम माखो नमारेको उनीहरूको तर्क छ ।

कुकुर, स्याल, बादर लगायतका केही जंगली जनावरले टोक पछि रेबिजको सुई लगाउनु पर्ने हुन्छ । यसको लक्षण देखिन एक हप्ता देखी ९० दिन सम्म लाग्न सक्छ । सरकारले पछिल्लो समय पीएचसी सम्म रेबिजको भ्याक्सिन पुर्याएको छ । तर, अहिले लामो समय भयो भ्याक्सिन अभाव छ । भ्याक्सिन नपाएर मान्छे मरिरहेका छन् उता मन्त्री कोही मर्नुपर्दैन भन्दै कुर्लिरहेका छन् । मन्त्री खुसी पार्न अर्का खाले हैन भन्न सक्दैनन् हो मा हो भन्दै ताली पड्काइरहेका छन् ।

स्वास्थ्यको सबै ज्ञान नभएका मन्त्रीलाई भ्याक्सिन अभाव भएको कसी जानकारी भएन छ हामी छक्क परेका छौं । गत मङ्सिरबाटै एक लाख भन्दा तल मौज्दात झरेको थियो । त्यही बेला कर्मचारीले पटक पटक सचेत गराएका थिए तर, ओझाको दिलमा घाम लाग्न सकेन । गैर जिम्मेवारी नेतृत्वले सटेज हुने भरपुर जानकारी हुँदा हुँदै पनि यसबारे कुनै चासो देखाएनन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार अहिले १ लाख ८० हजार मौज्दात रहेको छ । तर, प्रदेशमा पुगेको छैन । यस मध्ये ३० हजार भने अगाडिनै खर्च भइसकेको छ । पहिले १४ मात्रासम्म लगाउनु पर्ने उक्त खोप त्यसपछि पाँच मात्राको बनाइएको र अहिले भने तीन मात्रा मात्र लगाउँदा हुन्छ । रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

अधिकारीहरू भन्छन् विश्वमा हालसम्म अभिलेख गरिएका कुनै पनि केसमा सङ्क्रमण भइसकेपछि बचाउन सकिएको छैन ।  ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोलका अनुसार प्रतिवर्ष विश्वमा ५९,००० मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ । त्यीमध्ये ४० प्रतिशत बालबालिका हुने गर्छन् । नेपालमा भने प्रति वर्ष १ सयको रेबिज लागेर मृत्यु हुने गरेको तथ्याङ्कहरू रहेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##एन्टिरेबिज भ्याक्सिन, #एआरभी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com