वीपी प्रतिष्ठानमा घेराबन्दी र तालाबन्दी गर्न रोक


काठमाडौं । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा घेराउ र तालाबन्दी नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले गैर कानुनी तालाबन्दी गर्ने कार्य रोकी ताला खुलाई प्रतिष्ठानको काम कारबाहीहरू सूचारु रुपमा संचालन गर्नू, गराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो नियमित स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हड्ताल, घेराउ, तालाबन्दीको कार्य सार्वजनिक हितको निम्ती शोभनीय नहुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका तालाबन्दी खोल्नु, खोलाउनु, त्यहाँ कुनै संघ संगठनबाट तालाबन्दी, घेराउ नगर्नु, नगराउनु, गैर कानुनी तालाबन्दी गर्ने कार्य रोकी ताला खुलाई प्रतिष्ठानको काम कारबाहीहरु सुचारू रुपमा संचालन गर्नु, गराउनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।

नवराज विष्टले हालेको रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको देखिन्छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com