नक्कली लाइसेन्स प्रकरण

अख्तियारका इन्जिनियर अर्याल र भट्टसहितलाई ५ दिन म्याद थपियो


काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालसहितलाई अनुसन्धानका लागि थप ५ दिन म्याद थप गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अख्तियारका कम्प्युटर इन्जिनियर अर्याल, यातायात व्यवस्था विभागका करारका पूर्वकम्प्युटर इन्जिनियर हरिश भट्ट, यातायात व्यवस्था कार्यालय बुटवलका कर्मचारी नारायणप्रसाद पाण्डेसहितलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । अदालतले उनीहरूमाथि अनुसन्धान गर्न ५ दिन म्याद थपिदिएको हो ।

नक्कली लाइसेन्स प्रकरणमा यातायातका तत्कालीन कर्मचारीहरु सिआईबीले अर्याल, भट्ट र पाण्डेलाई समातेको छ । उनीहरुलाई ५ दिनको म्याद थपेर अनुसन्धान थालेको सिआईबीले अर्को ५ दिन फेरि पाएको छ । नक्कली लाइसेन्स प्रकरणमा जोडिएका अर्यालसहितलाई छुटाउन यातायात व्यवस्था विभागका केही पूर्वमहानिर्देशक लागेपनि सिआईबीले अनुसन्धानलाई तीव्रता दिएको हो । अर्याल र भट्टबाट महत्त्वपूर्ण प्रमाण फेला परेको सिआईबी स्रोतको दाबी छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमसो दलाउन भट्टको भूमिको रहेको समेत सिआईबीले ‘क्लु’ भेटेको चर्चा छ । खोज्दै जाँदा लहरो तान्दा पहरो खस्ने सम्भावना रहेको सिआईबीका अधिकारीहरु बताउँछन् । नक्कली लाइसेन्स जारी धन्दामा अर्यालको ठूलो भूमिका देखिएको सिआईबीका अधिकारीहरुको भनाइ छ । सिआईबीले नक्कली लाइसेन्स जारी धन्दामा संलग्न केही बिचौलियालाई समेत पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #नक्कली लाइसेन्स, #सुरज प्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com