चिकित्सक सङ्घको अध्यक्षमा डा.बस्नेतको बलियो दाबेदारी


काठमाडौं । देशभरका चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको वर्तमान कार्यसमितिको कार्यकाल सकिँदै छ । नयाँ कार्यसमितिका लागि आगामी माघमा निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ ।

वर्तमान पदाधिकारीको कार्यकाल सकिनै लाग्दा चिकित्सक सङ्घको नयाँ नेतृत्वको तालाचाबी कसको पोल्टामा जाला भन्ने बहस सुरु भएको छ । प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेत, डा. अनिल कार्की र डा. बद्री रिजालको नाम चर्चामा छ ।

यता प्रगतिशिलतर्फ डा.पुष्पमणि खराल, डा. सन्तोष पौडेल, डा. दिपेन्द्र पाण्डेको नाम चर्चामा छ । स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेत र प्रगतिशिलतर्फ डा. दिपेन्द्र पाण्डेको नाम बढी चर्चामा छ । प्रत्यासीहरू मध्ये प्राध्यापक डाक्टर बस्नेतले अध्यक्षमा बलियो दाबेदारीका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।

डाक्टर बस्नेतलाई यस पटक अध्यक्ष दिने विषयमा अघिल्लो निर्वाचनमा मोटामोटी सहमति भएकाले पनि उनको दाबेदारी बलियो देखिएको हो । ‘नेपाल चिकित्सक सङ्घका एक जना पूर्व अध्यक्षले स्वास्थ्य लाइभसँग भने, ‘हामीले डा. बस्नेतलाई रोकेर डा. लोचन कार्कीलाई अध्यक्षको टिकट दिलाएका थियौं । त्यस बेला बस्नेतलाई लोचन पछि अध्यक्ष दिने मौखिक सहमति नै भएको थियो । त्यो इमान्दारीता अहिले प्रस्तुत गर्नुपर्ने छ ।’

चिकित्सहरू डा. बस्नेतमा राम्रो प्रशासनिक क्षमता देख्छन् । चिकित्सक क्षेत्रका सिनियर मात्र हैन जुनियर चिकित्सकहरू पनि डा. बस्नेतको सालिनता, धैर्यता र सहयोगी भावको खुलेर प्रशंसा गर्छन् । नेपाल चिकित्सक सङ्घमा दुई पटक सदस्य, एक पटक महासचिव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा दुई पटक निर्देशक भइसकेका छन् ।

त्यति मात्र हैन उनी ग्यास्ट्रो सोसाईटीको महासचिव, बस्नेत फिजिसियर एसोशिएसन (साइमन) को उपाध्यक्ष समेत हुन् । त्यसैगरी अमेरिका नेपाल मेडिकल एसोशिएसनको पूर्व अध्यक्ष समेत हुन् ।

अध्यक्ष हुँदा बस्नेतले कोरोना महामारीमा देशका कयौं स्थानमा सहयोग गरेका छन् । विशेषगरी रेजिडेन्ट चिकित्सकहरूलाई केन्द्रित गरेर कार्यक्रमहरू गरेका थिए । पछिल्लो समय नेपालको चिकित्सक क्षेत्रमा बस्नेत पाका र तन्नेरी चिकित्सकहरूको समेत मुख्य रोजाईको पात्र बनेका छन् ।

डा. बस्नेतले प्रशासनिक, कानुनी सबै कुरा राम्रोसँग बुझेका छन् । उनको क्षमता र योग्यतालाई यस पटक चिकित्सक सङ्घले भरपुर प्रयोग गर्नुपर्ने जेठा चिकित्सक बताउँछन् । चिकित्सकहरूको माग हेर्दा डाक्टर बस्नेत एकाएक बलियो दाबेदारीका रुपमा अगाडी देखिएका छन् ।
डा. बस्नेत आफू ग्राउण्ड लेवलका चिकित्सकहरूको भावना र चाहना अनुसार काम गर्ने बताउँछन् । आफूले ‘तिन ट्रि’ अर्थात सर्भिस, सेक्युरेटी र स्यालरीको कुरालाई अगाडी ल्याएको बताउँछन् । देशभरका चिकित्सकहरूले बताए अनुसार बस्नेतले जित्ने करिब पक्का जस्तै देखिएको छ ।

बस्नेतको सालीन व्यक्तित्वले सिनियर र जुनियर चिकित्सकलाई आकर्षित गरेको छ । बस्नेत चिकित्सकका मुद्दाहरूमा राम्रो झिजेका छन् ।

‘सुदुरपश्चिमका एक चिकित्सकले भने, ‘डा. बस्नेतले विगत चिकित्सक संघमा बसेर यहाँका मुद्दा बुझ्नु भएको छ । साथै सरकारी क्षेत्रमा बसेर त्यहा हुने बाधा अड्चन पनि नजिकबाट बुझेकाले उहाँलाई एक पटक नेतृत्व दिदा दोहोरो फाइदा हामी जस्ता चिकित्सकले लिन पाउँछौं ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ