बसको ठक्करबाट वीपी प्रतिष्ठानकी कर्मचारी अम्बिकाको मृत्यु


काठमाडाैं । बसको ठक्करबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । वीपी प्रतिष्ठान कै बसले ठक्कर दिँदा प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिमा माखिमको घटनास्थलमै मृत्यु भएकाे हो ।

धरान-१३ जिरोप्वाइन्टमा प्रतिष्ठानको बसले अम्बिका चढेको स्कुटरलाई ठक्कर दिएको थियो । अम्बिका उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठान कै बसले शनिबार बिहान ठक्कर दिएको हो । बसको ठक्करबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको छ भने उनका पति चौधरी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी वीपी प्रतिष्ठानकी कर्मचारी अम्बिकालाई प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बस ब्रेक फेल भएर ठक्कर दिएको प्रहरीको भनाइ छ ।  प्रदेश १ ०-०२-०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको प्रहरीले बतायो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ