न्याम्सको चौथो दीक्षान्त समारोह आगामी बिहीबार


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोह आगामी बिहीबार हुने भएको छ । न्याम्सका उपकुलपति भूपेन्द्रकुमार बस्नेतका अनुसार न्याम्सको चौथो दीक्षान्त समारोह आगामी असोज १८ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । आगामी बिहीबार दिउँसो साढे बजे सुरू हुने गरी न्याम्सको दीक्षान्त समारोह तय भएको उनले जानकारी दिए ।

न्याम्सको उपकुलपति डा. बस्नेत, रेक्टर डा. लोचन कार्कीलगायतले न्याम्सको जिम्मेवारी सम्हालेपछिको यो पहिलो दीक्षान्त समारोह हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, डीनको कार्यालयका अनुसार प्राज्ञिक पहिरन (गाउन) लिनका लागि दीक्षान्त समारोहका लागि शुल्क बुझाई आफूले प्राप्त गरेको भौचर र रसिद साथमा लिई वार अस्पतालको सर्जिकल भवन छैठौं तल्लामा सम्पर्क गर्नु पर्ने छ । भोलि असोज १२ गतेदेखि १६ गतेसम्म गाउन लिन सकिने जनाइएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, डीनको कार्यालयले जारी गरेको सूचना अनुसार दीक्षान्त समारोहमा सम्मिलित हुनका लागि पुरुष उम्मेदवारले राष्ट्रिय पोशक वा कोट, पाइन्ट, टाई लगाएर आउनु पर्ने छ । महिला उम्मेदवारको हकमा राष्ट्रिय पोशाक वा साडी लगाएर आउनु पर्ने डीन कार्यालयको सूचनामा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ), #डा. लोचन कार्की, #दीक्षान्त समारोह, #भूपेन्द्र कुमार बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com