स्वास्थ्य लाइभ फलोअप

टेरामक्सका नाममा यसरी भयो राज्यकोषको दुरुपयोग


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले सवा तीन अर्ब खर्च गरेर खरिद गरेको टेरामक्स प्रविधिमा राज्यकोषको दुरुपयोग भएको छ । यो विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अनुसन्धान गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार आरएफी र सम्झौता को समयमा कल बाइपास (भोओआईपी) बाट हुने हानी नोक्सानीमा धेरै परिवर्तन भएकाले राज्यको ३ अर्ब १५ करोड खर्च गरेर खरिद गरिएको टेरामक्स राज्यकोषको दुरुपयोग मात्र हो ।  अझ उक्त प्रविधि प्रयोगमा आउँदा राज्य स्रोतको वार्षिक रुपमा झन्डै ८ करोड अतिरिक्त खर्च हुने भएकाले टेरामक्स खरिद सम्झौताको यो पाटो झन खतरनाक रहेका एनटीएकै केही अधिकारीहरू सुनाउँछन् ।

दूरसञ्चार सेवा सेवाको गुणस्तर चेक गर्ने अन्य व्यवस्था र उपाय हुँदाहुँदै यति धेरै महँगो प्रविधि किन्ने कुरामा लागत लाभ विश्लेष नै नगरी कमिसनको चक्करमा टेरामक्स खरिद प्रक्रिया अगाडि बढाएको पाइन्छ ।

नेपाल टेलिकम जस्ता सेवा प्रदायकले भीओआईपीबाट हुने नोक्सानी कम गर्न आफैं पनि प्रविधि खरिद गरेको छ । तर, एनटीएले उक्त सेवा प्रदायकहरुको उचित सुपरीवेक्षण गर्ने उपाय अबलम्बन नैं नगरी सीधै खरिद प्रक्रिया अगाडि बढाएर राज्यकोषको व्यापक दुरुपयोग गरेको खुल्न आएको हो । यी विषयको प्रयाप्त अध्ययन नै नगरी टेरामक्स खरिद गर्ने प्रक्रिया अघि बढाएर राज्यकोषको व्यापक दुरुपयोग गरेको भन्दै एनटीएका केही अधिकारीहरूले नै स्वास्थ्य लाइभसँग असन्तुष्टि जनाएका छन् ।

टेरामक्स प्रविधि खरिदमा सुरुमा भीओआईपी लागि आरएफ मागेर पछि डेटा र एसएमएस थप भएको पाइन्छ । थप गरिएको यो विषय करार संशोधनमा समेत नपरेको दाबी गरिएको छ ।

टेरामक्समा भ्वाइस, डाटा, एसएमएस बाट प्राप्त हुने आयको चेक गर्न मिल्ने भनेर एनटीएको दाबी रहेको छ ।  अहिलेको शुल्क निर्धारण सेवा प्रदायकले गर्ने तथा एनटीएले उक्त शुल्कको निवेदनमा सहमति दिने अभ्यास भइरहेको छ । सेवा प्रदायकले विभिन्न दरहरू भएका प्रोडक्टहरू ग्राहकलाई दिइराखेकोले तिनीहरूमा दिईने निःशुल्क भ्वाइस मिनट, डाटा तथा एसएमएस कसरी चेक गर्ने र वास्तविक आयमा कसरी पत्ता लगाउने भन्ने बारे प्रस्ट पार्न सकेको छैन । यसले झन आशंका जन्माएको देखिन्छ ।

सञ्चार मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७४ /७५ मा आएसपीएसको आय करिब ४ अर्ब रहेको थियो । अहिले २० अर्बभन्दा बढी रहेको छ । तर, यसको सुपरिवेक्षण टेरामक्सबाट हुने देखिँदैन । त्यसैले यो प्रविधिको औचित्यमाथि समेत प्रश्न उठेको छ । भीओआईपीबाट हुने नोक्सानी न्यून भएको अवस्थामा र अन्य प्रकारका फ्रड जस्तै एटूपीबाट वार्षिक १ अर्ब बढी नोक्सानी भइरहेको छ । तर, एनटीएले खरिद गरेको टेरामक्सले यस्तो प्रकारको नोक्सानी रोक्न नमिल्ने एनटीएकै केही अधिकारीहरुको दाबी छ ।

इन्टनरेट सेवा प्रदायक (आईपीएस)को आयको सुपरीवेक्षणको कमिले धेरै ठूलो राजस्व रकम गुमिरहेको छ । यसका लागि एनटीएले कुनै पनि किसिमको आवश्यक कार्य नगरेको साथै टेरामक्सले समेत यसलाई समेट्न नसकेको देखिन्छ ।

सञ्चार मन्त्रालय स्रोतका अनुसार आजको दिनमा हुने भ्वाइस कललाई हेर्दा टेरामक्स लागू भएपछि पनि आयमा बुद्धि हुने भनेर एनटीएले गरेको दाबी त्यति भरपर्दो देखिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com