यी हुन् न्याम्समा थपिएका ३ जना सिनेट सदस्य


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा ३ जना सिनेट सदस्य थपिएका छन् । सञ्चालक परिषद् (सिनेट) सदस्यमा वरिष्ठ चिकित्सक एवं बंगलादेशका लागि पूर्व राजदूत चोपलाल भुसाल, कोशी अस्पतालका वरिष्ठ चिकित्सक दीपक सिग्देल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख बद्री रिजाल रहेका छन् ।

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सिनेट सदस्य बनाएको हो ।

आजकै सिनेट बैठकले प्राज्ञिक परिषद्‌मा पनि ३ जनालाई नियुक्त गरेको छ । प्राज्ञिक परिषद् सदस्यमा नियुक्त हुनेमा प्रा. डा. दिपेन्द्र श्रेष्ठ, प्रा.डा. अजित रायामाझी र प्रा.डा. सरोज शर्मा रहेका छन् । अनुभवी र क्षमतावान चिकित्सकहरु न्याम्सको सिनेट र प्राज्ञिक परिषद्‌मा पर्न सफल भएका छन् ।

सिनेट बैठकले चिकित्सक, नर्स र प्यारामेडिक्सक दरबन्दी पनि थपेेको छ ।  तलब खुवाउन नसकेर कोभिडमा राखेका स्वास्थ्यकर्मी हटाएको दाबी गर्ने स्वास्थ्यमन्त्री बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ वटा नयाँ दरबन्दी थपेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ), #डा. अजित रायामाझी, #डा. चोपलाल भुसाल, #डा. दिपक सिग्देल, #डा. दिपेन्द्र श्रेष्ठ, #डा. बद्री रिजाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com