रविको गाडीमा स्वास्थ्यमन्त्री बस्नेत बयान दिन अख्तियार जालान् ?


काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारमा बयान दिन गाडी व्यवस्थापन गर्ने उद्‌घोष गरेका छन् । बुधबार सदनमा बोल्दै उनले पूर्वसञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की लक्षित व्यंग्य गर्दै अख्तियारमा बयान दिन जानका लागि गाडीको उपलब्ध गराउने प्रस्ताव राखेका हुन् ।

टेरामक्समा बहालवाला मन्त्री र संसदलाई अधिकारसम्पन्न आयोग (अख्तियार)ले बोलाउँदा पनि बयानका लागि नगएको भन्दै लामिछानेले गाडी नै दिएर पठाउने अभिव्यक्ति दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई कटाक्ष गर्दै बस्नेत र कार्कीमाथि पार्टीभित्रै कारबाही गर्न चुनौती दिए ।

टेरामक्स काण्डमा पूर्वसञ्चारमन्त्रीद्वय बस्नेत र कार्कीलाई अख्तियारले बयानका लागि खोजिरहेको छ । यस्तो अवस्था उनीहरु अख्तियारमा उपस्थित नभएपछि उक्त कुराले सदनमा ठाउँ पाएको हो । हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अख्तियार छलेर हिँडिरहेकाले यसले थप चर्चा पाएको छ । एमाले प्रमुख सचेतक पदम गिरी र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि टेरामक्समा तत्कालीन मन्त्रीहरु फरार सूचीमा रहेको भन्दै व्यंग्य गरे ।

क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #टेरामक्स प्रविधि, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #रवि लामिछाने, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com