स्वास्थ्य सचिव गुरागाईंको बिदाई


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिव देवकुमारी गुरागाईंको बिदाई गर्ने निर्णय गरेको छ । पाँच वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाशमा जान लागेकी गुरागाईंले आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो ।

२०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेकी थिइन् । प्रशासन हेर्ने सचिव गुरागाईंले काम नगरी ‘हाटा’ मात्र गर्ने गरेको भनेर कर्मचारीहरु वाक्कदिक्क भएका थिए । उनै सचिव गुरागाईं अब  स्वास्थ्य बिदाई हुने भएकी हुन् ।

शिक्षा सेवाबाट आएकी गुरागाईं सचिव बनेपछि भने शिक्षा मन्त्रालय प्रवेश गर्न पाइनन् । उनको स्वास्थ्यबाटै बिदाई भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सचिव, #देवकुमारी गुरागाईं, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com