‘टुहुरा’ बालकहरू पढाउन दिपेन्द्रले गरे आर्थिक सहयोग, अरुलाई पनि सहयोगका लागि आह्वान


काठमाडौं । बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बाबु-आमा गुमाएका (टुहुरा) बालकहरू पढाउन आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्ने राजकुमार तण्डुकार र लक्ष्मी तण्डुकारको निधनपछि उनका २ छोरालाई पढ्न र कोठा भाडाका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

स्वर्गीय तण्डुकार दम्पतीका दुई छोरा रिदम र रिजम सहयोगका लागि विभिन्न व्यक्तिहरुले सहयोगी हात फैल्याइरहेको सांसद दिपेन्द्रले सुनाए । आज मात्र बुद्धनगर निबासी गोबिन्द भण्डारी रिदम र रिजमका लागि ५ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

 

बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १(१)बाट निर्वाचित दिपेन्द्रले आर्थिक अवस्था कमजोर भएको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका छन् । उनले आफैंबाट आर्थिक सहयोगको घोषणा गर्दै अरुलाई पनि सहयोगका लागि आह्वान गरेका हुन् । बाबुआमा नै गुमाएका बच्चाहरूलाई सहयोग गर्नका लागि दिपेन्द्र सक्रिय भएर लागेका हुन् । उनी समाजसेवी राजनीतिज्ञका रूपमा परिचित छन् ।

‘स्वर्गीय मित्र राजकुमार तण्डुकार एवं स्वर्गीय भाउजू लक्ष्मी पौडेल तण्डुकार भाउजूको मिनभवन अवस्थित क्रियापुत्री भवनमा क्रियामा बसिरहेको छोराहरूको १३ दिनको लागि आवश्यक पर्ने सहयोग रकम, पढनको लागि आवश्यक पर्ने रकम र १३ दिनको काम सकिएपछि कोठा भाडा लिएर खानपिन गर्नका लागि समेत समस्या भएकोले सहयोग गरि दिन हुन आग्रह गर्दछु ।  म दिपेन्द्र श्रेष्ठ बाट – ५०,००० ( पचास हजार रूपैया ) ।’, उनले फेसबुकमा  लेखेका छन् ।

राष्ट्रिय जागृत महिला संघ नेपालका उपाध्यक्ष समाजसेवी अंशु ढुंगेलको पहलमा टुहुरा बालक रिजम र रिदमको पालनपोषण र  पठानपाठन लागि २२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको सांसद दिपेन्द्रले सार्वजनिक गरेका छन् । उनले  सहयोगी दाताप्रति हार्दिक आभार समेत प्रकट गरेका छन् ।

रिजम र रिदमका लागि भनेर ढुंगेलले आर्थिक संकलन गरेर दिपेन्द्रलाई बुझाएकी हुन् । ढुंगेलसहित दुर्गा तिवारी, गुनु शर्मा, शान्ति तामाङ, प्रियनाथ खनाल, कृष्ण भट्ट, राम शैजु, किशोर हुमागाईं, अनिता उप्रेती, रिता बस्नेत, राधा खड्का र बबी थापाले उनीहरुका लागि आर्थिक सहयोग गरेका छन् । यो रकम दिपेन्द्रमार्फत रिजम र रिदमका लागि दिइएको हो ।

हरेक जनताको सुख-दुःखमा साथ दिँदै आएका दिपेन्द्रले टुहुरा बालकहरुको भविष्य र लालनपानका लागि सहयोग आह्वान गरेका हुन् । उनको अभियानलाई साथ दिन विभिन्न व्यक्ति र संघसंस्थाहरु इच्छुक देखिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com