डा. हरिप्रसाद लम्साल सचिवमा बढुवा


काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ । चिकित्सा शिक्षा आयोगमा समेत काम गरिसकेका उनी सचिवमा बढुवा भएका छन् ।

सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सचिव डा. लम्साल सचिवमा बढुवा भएका हुन् । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सचिव डा. लम्साल, कोशी प्रदेशका निमित्त प्रमुख सचिव केदारनाथ शर्मा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लोकनाथ पौडेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो । त्योमध्ये १ नम्बरमा सिफारिस भएका डा. लम्साल सचिवमा बढुवा भएका हुन् । मन्त्रिपरिषद्को बैठकले रिक्त मन्त्रालयमा सचिव सरुवा गरिएको समेत बुझिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. हरिप्रसाद लम्साल, #लोकनाथ पौडेल, #सुदूरपश्चिम प्रदेश सरकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com