फेरिए ट्रमा सेन्टरको कमाण्डर, बद्रीलाई हटाएर प्रमोदलाई ल्याइयो


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका कमाण्डर फेरिएका छन् । ट्रमाको नेतृत्व गरिरहेका डा. बद्री रिजाललाई हराएर डा. प्रमोदकुमार यादवलाई उक्त जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ट्रमाको नेतृत्व फेरेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट (प्रमेसु) डा. रिजाललाई उक्त जिम्मेवारीबाट हटाइएको छ । डा. यादवलाई निमित्त  प्रमुख मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी  तोकिएको हो ।

एघारौं तहका डा. रिजाललाई ट्रमामै राखेर दसौं तहका डा. यादवलाई ट्रमा कै निमित्त प्रमुख बनाएर कामकाजका लागि खटाइएको छ । ट्रमाको नेतृत्व अस्थित बन्दै आएको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. प्रमोदकुमार यादव, #डा. बद्री रिजाल, #राष्ट्रिय ट्रमा सेन्टर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com