दक्षिणकालीमा अस्वीकृत भएका आचार्य स्वास्थ्यमा भित्रिए, चन्द्रकला पनि स्वास्थ्यमै पुगिन्
	
                                            काठमाडौं। दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन नपाएका रामप्रसाद आचार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रिएका छन्। संघीय महिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका आचार्यको बुधबार स्वास्थ्य मन्त्रालमा सरूवा भएको हो।
पनौती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका आचार्यलाई काठमाडौंको दक्षिणकाली नगरपालिकामा सरुवा गरिएको थियो। दक्षिणकालीका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली सहसचिव भएपछि उपसचिव आचार्यलाई दक्षिणकालीमा सरूवा गरिएको हो। तर, दक्षिणकाली नगरपालिकाले आचार्यलाई अस्वीकृत गरेर राममणि काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर लगेको छ। दक्षिणकालीमा अस्वीकृत भएका आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पुगेका थिए। उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएको हो। आचार्य काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा भएका ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ।
त्यस्तै जिल्ला समन्वय समिति धनकुटाकी समन्वय अधिकारी चन्द्रकला चौलागाईं ओली पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएकी छिन्। आचार्यसँगै चन्द्रकला स्वास्थ्यमा भित्रिएकी हुन्।
क्याटेगोरी : समाचारट्याग : #चन्द्रकला ओली, #रामप्रसाद आचार्य

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस