सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तीव्र रुपमा काम गर्दै महानगर


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि काठमाडौं महानगरपालिकाले तीव्र रुपमा काम सुरू गरेको छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा मेडिकल अधिकृतको नेतृत्वमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न तयारी थालेको हो । यसका लागि महानगरको सिंगो टिम सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद (जेपी) अग्रवाललाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि महत्त्वपूर्ण काम सुम्पिएको छ । यसलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने भनेर डा. अग्रवाल लागिपरेका छन् ।

काठमाडौं महानगरपालिकाले एमडिजिपी कै नेतृत्वमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न खोजेको थियो । तर,अहिले विविध कारणले मेडिकल अधिकृत कै नेतृत्वमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन हुने भएको छ ।

काठमाडौं महमहानगरपालिका वडा नम्बर ३० मा सञ्चालनमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रकै मोडलमा सबै वाडमा उक्त केन्द्र सञ्चालनमा ल्याइने तयारी भइरहेको स्वास्थ्य सल्लाहकार डा. अग्रवालले बताए । महानगरबासीलाई स्तरीय सेवा दिन ४/५ ठाउँमा ल्याब पनि राख्न आफूले सुझाव दिएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यका स्तरीय र सुविधा सम्पन्न ल्याब बनाउन बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पनि चासो देखाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर १०,११ र २९ मध्ये उपयुक्त ठाउँमा ल्याब बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौं महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाललाई भेटेर गुणस्तरीय ल्याब र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि सांसद श्रेष्ठले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

काठमाडौं महानगरपालिकाका बालेन्द्र साहले सम्भव भएसम्म अबको एक वर्षभित्र सबै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न खोजेका छन् । यसका लागि उनले विज्ञहरूलाई काम सुम्पिएका छन् । काठमाडौं महानगरपालिकाले स्वास्थ्यमा बलियो टिम बनाएर काम थालिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com