बजेटको मुखमा १७ दिनदेखि पर्यटन मन्त्रालय सचिवविहीन


काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेटको मुखमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवविहीन अवस्थामा छ। विनोदप्रकाश सिंहले बैशाख २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि १७ दिनदेखि पर्यटन मन्त्रालय सचिवविहीन बनेको हो।

जेठ १५ को बजेट भाषण आउन पाँच दिन मात्र बाँकी रहँदा पनि पर्यटन मन्त्रालयले १७ दिनदेखि सचिव पाउन नसकेको हो। अवकाशप्राप्त सचिव सिंहको ठाउँमा शोभाकान्त पौडेल बढुवा भइसकेका छन्। प्रदेश जानुपर्ने पौडेल मुख्यसचिवको नेतृत्वमा ‘कुलिङ पिरियड’ हटाउने जुलुसमा सक्रियतापूर्वक हिँड्दा पर्यटन मन्त्रालयले सचिव पाउन नसकेको हो। पौडेल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै ‘बेरोजगार’ छन्। पर्यटन आउन चाहने सचिवहरू एकसेएक भएपनि मन्त्रालय सचिवविहीन बनेको हो।
पर्यटन सचिव बन्न कृष्णहरि पुष्कर कर्ण, मुकुन्दप्रसाद निरौला, रविलाल पन्थ, हरिप्रसाद मैनाली, चूडामणि पौडेललगायतको दौडधुप रहेको पाइन्छ। पर्यटन मन्त्रालयको सचिवको कुर्सी भने १७ दिनदेखि हेरेको हेरै छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ