तक्मा सिफारिस

जस लिन भिरमा हिड्ने स्वास्थ्याकर्मीको तस्बिर बेचे, पद जोगाउन पजेरोमा हिड्ने रोजे


काठमाडौं । कोरोना महामारीको समयमा कसैले जनतालाई सेवा दियो भने त्यो स्वास्थ्यकर्मी हो । सहरका स्वास्थ्यकर्मी अधिकांश गुफा पसेका बेला दुर्गमका स्वास्थ्यकर्मी हिलो, धुवा, धुलो, हावा, पानी, खोला, नालाको कुनै प्रवाह नगरी जनताको सेवामा तल्लिन भएका थिए । उनिहरुको योगदानलाई सारा विश्वमा बेचियो र अनाहकमा जस लिने काम स्वास्थ्यका उच्च अधिकारीले गरे ।

स्वास्थ्यका ३० हजार बढी कर्मचारीको रेखदेख स्वास्थ्य सेवा विभागका महानिर्देशकले गर्छन् । हिजो महामारीको समयमा उनै महानिर्देशकले भुइँ कर्मचारीले दिएको सेवाको बयान गरे । लिन सक्ने जती सबै जस र सुबिधा उनिहरुकै योगदानका कारण लिए । जस लिन भिरमा हिड्ने, पहिरोमा लतपतिने, बाढीमा काठ समाउदै तरेर खाेप सेवा चलाएका स्वास्थ्यकर्मीको तस्बिर बेचेका महानिर्देशकले अहिले पद जोगाउन पजेरोमा हिड्ने कर्मचारी रोजेका छन् ।

स्वास्थ्य लाइभले पाएको गोप्य सुचना अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले संविधान दिवसका दिन वितरण गर्ने विभूषणमा घुम्ने चेयरमा बस्नेहरु सिफारिस गरेका छन् । हुनत हामीलाई सम्बन्धको हिसाबमा हेर्दा अहिले सिफारिसमा परेकाहरुलाई दिनु जति अरुलाई दिनु लाग्दैन् । तर, हाम्रो धर्म त्यो हैन । यस्ता विभूषण पद जोगाउन र जोगाउन भूमिका खेल्दिनेलाई दिने हैन । यस्ता विभूषण पहिला भनेको राज्य र जनतालाई पुर्याएको योगदानको आधारमा सिफारिस गर्ने हो ।

गृह मन्त्रालयले विभूषण ऐन २०६४, विभूषण नियमावली, २०६५ (संसोधन) सहित र विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५ बमोजिम प्रत्येक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्याएका व्यक्तिलाई कदर तथा सम्मानस्वरुप मानपदवी, अलङ्कार तथा पदक विभूषण प्रदान गर्दै आएको छ । यसका लागि गृहले सबै निकायमा यस्ता व्यक्तिको सिफारीसका लागि परिपत्र गरेको थियो । यही परिपत्रको आधारमा स्वास्थ्य सेवा विभागले ३० हजार कर्मचारी मध्ये आफु मातहत रहेका उच्च अधिकारीहरुको मात्रै सिफारिस गरेको पाइएको छ ।

स्वास्थ्य लाइभलाई आएको लिष्ट अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सिंहले आफ्नो कुर्सी सुरक्षित राख्दिन भूमिका खेल्नेहरु मात्रै सिफारिस गरेको देखिन्छ । छेपारोले रंङ् फेरेको जस्तो अवसर आउँदा रंङ् फेर्ने महानिर्देशक प्रति पनि दया लागेर आयो । पदको के लोभ गए जाओस् तर, दुखमा साथ र सहयोग गरेर इज्वत जोगाई दिने र नाङ्गै हुन लागेकाे स्वास्थ्यलाइ कट्टु लगाएर लाज ढाक्ने ति कर्मचारीलाई नभुल्नुहोस् डा साव, यो नै तपाइको महानता हुने छ ।

तपाईले सिफारिस गरेका नाम तपाई आफै एक पटक सुन्नु हैत ! सुनिल राज शर्मा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र, डा रुद्र प्रसाद मरासिनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डा विवेक कुमार लाल परिवार कल्याण महाशाखा, डा अनुप वास्तोला उपचारात्मक महाशाखा, डा हेमन्त ओझा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, भूवन काफ्ले लेखा शाखा स्वास्थ्य सेवा विभाग, उपेन्द्र ढुंगाना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, रामजी घिमिरे अध्यक्ष स्वास्थ्यकर्मी संघ, बसन्त कुमार श्रेष्ठ नेपाल स्वास्थ्य प्राविधिक संघ, भरत भण्डारी खोप सुपर भाइजर परिवार कल्याण महाशाखा, इन्दु श्रेष्ठ परिवार कल्याण महाशाखा । यी समावेश नाम देशका अब्बल कर्मचारी हुन् । उनिहरुकाे याेगदानलाइ भुल्नै सकिन्न तर, अवसर घुम्नेमा हैन भुइँमा बस्नेले पनि पाउनु पर्छ ।

स्वास्थ्य लाइभले पाएको यो सुचीमा हामीले कसैको बिरोध गरेका हैनौं र गर्दैनौं पनि । यो सूचीमा नाम समावेश भएका व्यक्तिले हिजो समाज र देशलाई ठुलो योगदान गरेका छन् । तर, महानिर्देशकले कसरी सिफारिस गरेका छन् त्यो महत्वपूर्ण प्रश्न हो । यस्ता कामले तत्लो तहमा रहेर काम गरेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँन सकिदैन । फाटेको लुका सिलाउँन सकिन्छ तर, फाटेको मन सिलाउन सकिदैन ।

क्याटेगोरी : समाचार
ट्याग : ##तक्मा सिफारिस

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com