स्वास्थ्य राज्यमन्त्रीको एउटा भिडिओले सिंहदरबार हल्लियो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको एउटा भिडियोओले सिंदरबारभित्र तहल्का पिटेको छ । मन्त्री श्रेष्ठले पत्रकार राजेन्द्र बानियाँसँग दिएको अन्तर्वार्ताको एउटा क्लिप ह्याम्स अस्पतालका मालिक रामशरण उर्फ आरएस भण्डारीले फेसबुकमा सेयर गरेपछि सिंहदरबार वृत्तमा व्यापक चर्चा चलेको हो ।

स्वास्थ्य राज्यमन्त्री नै निजी अस्पतालको ब्रान्ड एम्बेस्डर बनेको भन्दै सिंहदरबार भित्र चर्चा भएको छ । अन्तर्वार्तामा राज्यमन्त्री श्रेष्ठले वीर अस्पताललाई ह्याम्स अस्पताल जस्तो बनाउनु पर्‍यो भनेका थिए । त्यो क्लिप काटेर बिरामीमाथि ठगी धन्दा चलाएका विवादित ह्याम्सका मालिक भण्डारीले फेसबुकमा सेयर गरेपछि सिंहदरबारमा तहल्का पिटेको हो । मन्त्रीले असल नियतले बोलेको कुराको साहारा लिएर भण्डारीले ह्याम्सको प्रचार गर्न खोज्दा यो विषयले चर्चा पाएको हो । नेपालका सरकारी अस्पताल हरेक हिसाबले अब्बल छन् । राम्रो व्यवस्थापन र अनुशासन कायम नहुँदा मात्र समस्यामा देखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

स्वास्थ्यमा हुँदा विवादित काम गरेका तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग सेटिङ मिलाएर भण्डारीले विभूषणसमेत लिन सफल भएका छन् । सचिव अर्यालमार्फत स्वास्थ्य सेवा विभागले भण्डारीसँगको सेटिङमा मेडिकल सामग्री खरिद गरेको आरोप लाग्दै आएको छ ।

क्याटेगोरी : Videos, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com