वैकल्पिकमा परेपछि सचिव हुनबाट पछि परेका श्याम, आस्मान र चन्द्रकला


काठमाडौं। २०७० सालमा लोक सेवा आयोगले लिएको सहसचिवको खुला/समावेशी परीक्षाको लिखितमा श्यामप्रसाद भण्डारी, आस्मान तामाङ, चन्द्रकला ओलीले पनि नाम निकालेका थिए। अन्तर्वार्तामा भने उनीहरू वैकल्पिकमा परे। खुलाबाट शोभाकान्त पौडेल र भूपाल बराल सहसचिवमा सिफारिस हुँदा श्यामप्रसाद भण्डारी वैकल्पिकमा परेका थिए।

महिला कोटाबाट सहसचिवमा चन्द्रकला पौडेल सिफारिस हुँदा चन्द्रकला चौलागाईं ओली वैकल्पिकमा परेकी थिइन्। आदिवासी/जनजाति कोटाबाट सहसचिवमा मदन भुजेल सिफारिस हुँदा आस्मान तामाङ वैकल्पिकमा धकेलिए। शोभाकान्त, भूपाल, चन्द्रकला र मदन सहसचिव बन्दा वैकल्पिकमा पर्ने हेरेको हेरै भए।

शोभाकान्त र भूपाल अहिले सचिव बनेर गण्डकी र बागमती प्रदेशमा प्रमुख सचिव बनेर जाँदा श्याम अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मेवारी छन्। श्याम उनीहरूभन्दा ४ वर्ष पछि आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए।

२०७० साल चैतमा महिला कोटाबाट सहसचिव भएकी चन्द्रकला पौडेल सचिव भएर कोशी प्रदेशको प्रमुख सचिव बन्दा कोशी प्रदेश कै झापाली चन्द्रकला ओली उपसचिव नै छिन्। आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका मदन भुजेल अहिले सचिवमा बढुवा भएर मधेश प्रदेशमा पदस्थापन भएका छन्। उनीसँगै सहसचिवको वैकल्पिकमा परेका आस्मान तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको प्रमुख छन्। आस्मान २०७४ असारमा आदिवासी/जनजाति कोटाबाटै सहसचिव भए। उनी सचिव हुने सम्भावना जीवितै छ। वैकल्पिकमा नपरी उनीहरू सहसचिव भएको भए अहिले सचिव भइसक्थे।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #आस्मान तामाङ, #चन्द्रकला ओली, #चन्द्रकला पौडेल (महिला), #भूपाल बराल, #शोभाकान्त पौडेल, #श्याम प्रसाद भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ