पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्यसचिव जिम्मेवारी जोशीलाई

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीलाई दिइएको छ। कोषका सदस्यसचिव डा. मिलनकुमार थापालाई लास जलाउने उपकरण भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए। सदस्यसचिव थापा निलम्बित भएपछि निमित्त सदस्यसचिवको जिम्मेवारी कोषका कार्यकारी निर्देशक जोशीले पाएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिएका हुन्। उनले आजै कार्यभार सम्हालेका छन्। पशुपति क्षेत्र विकास कोषको वबसाइटमा भने थापा नै सदस्यसचिव छन्।
क्याटेगोरी : समाचारट्याग : ## पशुपति क्षेत्र विकास कोष, #सुभाषचन्द्र जोशी
तपाईको प्रतिक्रिया दिनुहोस