अब राप्ती प्रतिष्ठानबाटै निजामती कर्मचारी सेवा पाउने


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै निजामती कर्मचारीले सेवा पाउने भएका छन्। निजामती कर्मचारी अस्पताल र प्रतिष्ठानबीच सेवा विस्तार सम्बन्धी सम्झौता भएसँगै कर्मचारीले दाङस्थित प्रतिष्ठानबाटै सेवा पाउने भएका हुन्।

निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले एक समझदारी पत्रमा हस्ताक्षर गरेसँगै निजामती कर्मचारी उक्त प्रतिष्ठानबाट सेवा पाउने बाटो खुलेको छ। कर्मचारीहरूले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा/सुविधाहरू प्रतिष्ठानबाट प्राप्त गर्ने तथा उपचारका अतिरिक्त दुवै संस्थाले जनशक्ति तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत सहकार्य गर्ने भएको हो।

नयाँ वर्षको अवसरमा कार्यान्वयन हुने उक्त सम्झौतामा बहालवाला अधिकृत स्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुट हुनेछ। निजामती अस्पतालको सेवा विस्तार सातै प्रदेशमा गर्ने नीति अनुसार राप्ती प्रतिष्ठान र अस्पतालबीच सम्झौता भएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ