स्वास्थ्य मन्त्रालयको दोस्रो तलामा झर्ने खापुङको सपना पूरा हुँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तेस्रो तलबाट दोस्रो तलामा झर्ने भवानी प्रसाद खापुङको सपना साकार हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको दोस्रो तलामा स्वास्थ्यमन्त्रीको कार्यकक्ष छ । तेस्रो तलामा राज्यमन्त्रीको कार्यकक्ष रहेको छ । तेस्रो तलामा रहेका स्वास्थ्य राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीको हैसियतमा दोस्रो तलामा झर्ने प्रयासले सफला पाएको छ ।

स्वास्थ्यमन्त्रीमा सिफारिस भएका खापुङलाई रोक्ने प्रयास भएपनि अन्तत: उनले भोलि स्वास्थ्यमन्त्रीको हैसियतमा सपथ खाने भएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा भने हिरा केसी नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई सरकारबाट फिर्ता बोलाउँदै राज्यमन्त्री खापुङलाई मन्त्रीमा ‘बढुवा’ गर्न सिफारिस गरेको थियो । त्यो सिफारिस आज मात्र कार्यान्वयनमा आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलेले खापुङलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेपनि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा भने खापुङ स्वास्थ्य राज्यमन्त्रीकै हैसियतमा देखिन्छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com