खापुङलाई स्वास्थ्यमन्त्री हुन नदिन नेकपा एसका मन्त्रीहरूको प्रयास

राज्यमन्त्री खापुङको तेस्रोबाट दोस्रो तला झर्ने प्रयास सफल होला !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा ‘बढुवा’ हुन लागेका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई रोक्ने प्रयास सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादी(एस)बाट मन्त्री भएकाहरुको शर्त राखेर खापुङलाई रोक्ने प्रयास गरेका हुन् । नेकपा एसका एक नेताका अनुसार मन्त्रीहरूबाट स्वास्थ्यमन्त्रीमा सिफारिस भएका खापुङलाई रोक्ने गरी सर्त राखिएको छ । उनीहरू आफूहरू हट्दा राज्यमन्त्री र मन्त्री भएकालाई मन्त्रिमण्डलमा पठाउन नपाउने, गैर सांसदलाई मन्त्री बनाउन नपाउने, एउटै जिल्लाबाट एकभन्दा बढी मन्त्री हुन नहुने, राष्ट्रिय सभाबट बजेट पारित गरेर मात्र छोड्ने लगायतका सर्त राखेको ती नेताको भनाइ छ ।

स्वास्थ्यमन्त्री खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजागार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त सर्त राखेको बताइन्छ । राज्यमन्त्री र मन्त्री भएकालाई मन्त्रिमण्डलमा पठाउन नपाउने उनीहरूको सर्तले खापुङलाई स्वास्थ्यमन्त्री हुन रोक्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तेस्रो तलमा बस्दै आएका राज्यमन्त्री खापुङ दोस्रो तलामा रहेको मन्त्रीको कार्यकक्षमा झर्ने तयारीमा छन् । उनी आज बेलुकासम्म तल (मन्त्रीको कार्यकक्षमा) झर्ने स्वास्थ्य मन्त्रालयमा चर्चा छ । तर नेकपा एसका मन्त्रीहरूको नयाँ सर्तले राज्यमन्त्री खापुङको तल दोस्रो तलामा झर्ने सपना सपनामै सीमित नहोला भन्न सकिन्न । नेकपा एसका नेताहरुले भने मन्त्रीहरुको सर्तलाई गम्भीरतापूर्वक नलिएको स्रोतको दाबी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com