सिसडोलबाट संकलित लिचेटको पारम्भिक परीक्षण गरियो


काठमाडौं । सिसडोलबाट संकलित लिचेटको प्रारम्भिक परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिका मेयर वालेन्द्र साहका अनुसार लिचेटको फरक फरक अनुपातमा विभिन्न मात्राको एडजरर्वेन्टहरुको प्रयोग गर्दा प्रभावकारी काम गरेको प्रारम्भिक नतिजाले देखाएको छ ।

अहिले वर्षातको मौसम भएकाले लिचेट आफैमा पानीको मात्रा प्रशस्त भएर पातलो हुने र खोलामा पनि पानीको मात्रा धेरै हुने भएकाले तत्कालको लागि नर्कट लगायतका अन्न बिरुवा उमार्ने र थप फिल्टर गरेर खोलामा मिसाउने गरि योजना तयार हुँदैछ । साथसाथै, लिचेटको दीर्घकालीन रुपमा समाधानका निम्ति उपयुक्त प्रविधिमार्फत व्यवस्थापन गर्ने गरि योजना तयार गरिने मेयर साहको भनाइ छ ।

 लिचेटमा घुलित पदार्थलाई हटाउन विभिन्न रसायन, बिधि र मात्रा निर्धारण गर्ने काम नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान गरिरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com