बेइजिङ नगइकन हङकङ पुगेका महावाणिज्यदूत लेखक फिर्ता बोलाइए


काठमाडौं। सरकारले हङकङका महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ। विदेशमा मात्र जागिर खाने गरेका लेखकलाई बालेन सरकारले फिर्ता बोलाएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले हङकङका महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए। उनी २० दिनभित्र नेपाल आइपुग्नु पर्नेछ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको भतिज नाता पर्ने भएकै आधारमा विदेश्वर हङकङको महावाणिज्यदूत बनेका थिए। परराष्ट्र मन्त्रालयले उनलाई चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बनाएर पठाउने निर्णय गरेको थियो। तर, उनी बेइजिङ नगइकन हङकङको महावाणिज्यदूत बन्न सफल भएका थिए। ८ महिना परराष्ट्र मन्त्रालयमा हल्लिएर हङकङ पुगेका विन्देश्वर फिर्ता बोलाइएका हुन्।

विश्व बैंकमा जागिर खाएका र १ वर्षभन्दा बढी समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा बसेर दिन कटाएका लेखक महावाणिज्यदूत भएर हङकङ पुगेका थिए। अब उनलाई सुदूरपश्चिम प्रदेशतिर सेवा गर्न पठाउने अवस्था आएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #विन्देश्वर प्रसाद लेखक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ