आदर्शसहित उनको सेटिङमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीको जागिर चैट


काठमाडौं। प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठसहित उनको सेटिङमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीको जागिर चैट भएको छ। आदर्शसहित उनकाे सेटिङमा राजनीतिक नियुक्ति खाएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल, लुम्बिनी विकास कोषका सदस्यसचिव, दिपक श्रेष्ठ, समाज कल्याण परिषद्का सदस्यसचिव सरोजकुमार शर्मा र नेपाल बायु सेवा निगमका निमित्त महाप्रबन्धक अमृतमान श्रेष्ठलगायतको जागिर चैट भएको हो। बालेन सरकारको अध्यादेशले उनीहरूको पद गुमेको छ।

बालेन सरकारको अध्यादेशले आदर्श श्रेष्ठको सेटिङ एकैपटक भत्किएको छ। सेटिङ मास्टर आदर्शसहित उनले राजनीतिक नियुक्ति दिलाएका आसेपासेहरू एकैपटक पदमुक्त हुने भएका छन्। बालेन सरकारले आदर्शको सेटिङ एक झड्कामै सिध्याइदिएको हो।

सुशीला कार्की प्रधानमन्त्री हुँदा आदर्श प्रमुख स्वकीय सचिव रहेका थिए। उनको सेटिङमा आधा दर्जन बढीले राजनीतिक नियुक्ति खाएका थिए। बालेन सरकारले ल्याएको अध्यादेशले आदर्शको सेटिङमा राजनीतिक नियुक्ति खाएका सबैले जागिर गुमाएका छन्। आदर्शच्यूत भएर प्रकृति संरक्षण कोषको अध्यक्ष बन्न पुगेका आदर्शले पनि जागिर गुमाएका हुन्।

 

क्याटेगोरी : विविध
ट्याग : #आदर्शकुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ