भूमि व्यवस्थापन र सहकारी विभागले पायो नेतृत्व
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गका दुई विभागले नेतृत्व पाएका छन्। मन्त्रालय अन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख र सहकारी विभागले नेतृत्व पाएका हुन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक योगेन्द्रप्रसाद दुलाल बनेका छन्। सहकारी विभागको रजिष्ट्रार बाबुराम गौताम भएका हुन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनेका दुलाल र सहकारी विभागको रजिष्ट्रार बनेका गौतमले जिम्मेवारी सम्हालिसकेका छन्।
भूमि व्यवस्थापन विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सरूवा भएपछि उक्त विभाग नेतृत्वविहीन अवस्थामा पुगेको थियो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट सरूवा भएर आएका दुलाललाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। उनी विराटनगर महानगरपालिका जानुअघि भूमि मन्त्रालयको जग्गा प्रशासन महाशाखा प्रमुख थिए। दुलाल विराटनगरबाट फर्किएर विभागको महानिर्देशक बनेका हुन्।
सहकारी विभाग रजिष्ट्रार बनेका बाबुराम गौतम बागमती प्रदेशबाट सरूवा भएर आएका हुन्। उक्त विभागका रजिष्ट्रार रहेका सुशिल ढकाललाई मन्त्रालयको अतिरिक्तमा राखेर गौतमलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको हो।
क्याटेगोरी : समाचारट्याग : #बाबुराम गौतम, #योगेन्द्रप्रसाद दुलान


तपाईको प्रतिक्रिया दिनुहोस