स्वास्थ्यबाट सहसचिव आचार्य र अधिकारी बाहिरिए, पाण्डेले मारिन् ‘इन्ट्री’


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गतबाट दुई सहसचिव बाहिरिएका छन्। स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा हेर्ने सहसचिव दिवस आचार्य र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा फाजिलमा परेका सहसचिव गोविन्दप्रसाद अधिकारी बाहिरिएका हुन्।

सहसचिव आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएको छ। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव (सहसचिव) विष्णुप्रसाद कोइरालाको सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरूवा भएकाले आचार्यको त्यहिँ व्यवस्थापन हुने सम्भावना देखिन्छ।

त्यस्तै वीर अस्पतालबाट फाजिलमा परेका सहसचिव गोविन्दप्रसाद अधिकारीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरूवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ४ सहसचिव बाहिरिएका छन्। अधिकारी प्रदेश नबसेका सहसचिव हुन्। वीर अस्पतालमा सहसचिवको दरबन्दी काटिएपछि फाजिलमा परेका अधिकारीलाई अख्तियारतिर पठाइएको हो।

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा हेर्ने गरी हुमकला पाण्डेलाई पठाइएको छ। सहसचिव पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिइन्। उद्योगमा पनि सहसचिवको दरबन्दी कटौतीमा परेपछि पाण्डेलाई स्वास्थ्यमा सरूवा गरिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद अधिकारी, #दिवस आचार्य, #हुमकला पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ