नारायणप्रसाद भट्ट सचिवमा बढुवा, बने कोशी प्रदेशको प्रमुख सचिव


काठमाडौं। नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। उनलाई कोशी प्रदेशको प्रमुख सचिव पदस्थापन गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी दिए।

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलको सूचना तथा सञ्चार मन्त्रालयमा सरूवा भएपछि कोशी प्रदेश प्रमुख सचिवविहीन अवस्थामा रहेको थियो। उक्त रिक्त ठाउँमा सचिवमा बढुवा भएका भट्टलाई पदस्थापन गरिएको हो।
सचिव बढुवा समितिले सचिव बढुवाका लागि नारायणप्रसाद भट्ट, बिनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम सिफारिस भएको छ। बढुवा समितिले सचिव बढुवाका लागि भट्ट, कुँवर र खत्री नाम सिफारिस गरेको थियो। सचिव बढुवाका लागि एक नम्बर नारायणप्रसाद भट्ट, दुई नम्बरमा बिनोदबहादुर कुँवर र तीन नम्बरमा उत्तरकुमार खत्रीको नाम सिफारिस भएको थियो। एक नम्बरमा सिफारिस भएका भट्टलाई सचिवमा बढुवा गरेर सरकाले कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। भट्ट हाल राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्।

ललितपुर, भक्तपुर, चितवन र गोरखाको प्रमुख जिल्ला अधिकारी भइसकेका भट्ट चतुर प्रशासक हुन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन महाशाखा प्रमुख हुँदा निकै शक्तिशाली भएर बसेर थिए। उनै भट्ट सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिव बनेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद भट्ट, #नारायणप्रसाद भट्ट सचिवमा बढुवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ