महालेखा र सरकारी वकिलमा विज्ञ सचिव बढुवा हुँदै
काठमाडौं। लेखापरीक्षण र सरकारी वकिल समूहमा एकैपटक विज्ञ सचिव बढुवा हुँदैछन्। महालेखापरीक्षकको कार्यालय र महान्यायाधिवक्ता कार्यालयमा उत्कृष्ट मानिएका कर्मचारी सचिव बढुवा हुन लागेका हुन्। लेखापरीक्षणमा चन्द्रकान्त भण्डारी र न्यायको सरकारी वकिल समूहमा अच्युतमणि नेउपाने विशिष्ट श्रेणी सचिवमा बढुवा हुँदैछन्। दुबैजना ५५ वारीका सहसचिव हुन्।
महान्यायाधिवक्ता कार्यालयका सचिव (नायब महान्यायाधिवक्ता) सञ्जीवराज रेग्मी र उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी असोज १७ गते एकैदिन अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरू दुबै जना ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। रेग्मी र अधिकारी विशिष्ट श्रेणीमा पाँच वर्ष पूरा नगरी अवकाशमा जान लागेका हुन्।
उपमहालेखापरीक्षकमा बढुवा हुन लागेका चन्द्रकान्त भण्डारी महालेखापरीक्षकको कार्यालयको ‘ब्याक-बोन’ मानिन्छन्। उनको जागिर करिब ५ वर्ष रहेको छ। ६ वर्ष बढी सहसचिव भएकाले उनीमा विज्ञता र अनुभवको पनि कमी देखिदैन।
सरकारी वकिलमा विशिष्ट श्रेणीको नायब महान्यायाधिवक्ता (सचिव) बढुवा हुने सूचीमा रहेका नेउपाने सर्वोत्कृष्ट वर्ष सरकारी वकिल, २०८२ हुन्। उनी सहन्ययाधिवक्ता (सहसचिव) भएको ८ वर्ष पूरा हुन लागेको छ। सहसचिवमा ८ वर्ष अनुभव हुन लागेका नेउपाने सचिवमा बढुवा हुने तयारीमा छन्। नेपाउनेको जागिर ६ वर्ष बढी छ।
नेपाल प्रशासन सेवामा सचिव हुन १२ वर्ष लाग्न थालेका छ। ३०-५५ लागू भएपनि १० वर्ष सहसचिवको अनुभव भएका मात्र सचिवमा बढुवा हुन देखिन्छ। त्यसैले प्रशासन समूहमा ३०-५५ लागू भए विज्ञ र अनुभवी कर्मचारी बाहिरिने बहस निरर्थक हो। बरू प्रशासन सेवाले प्रविधिमैत्री सचिव पाउने अवस्था देखिन्छ।
ट्याग : #अच्युतमणि नेउपाने, #चन्द्रकान्त भण्डारी, #बैकुण्ठबहादुर अधिकारी, #सञ्जीवराज रेग्मी


तपाईको प्रतिक्रिया दिनुहोस