न्याय परिषद्को बैठक बस्दै, सर्वोच्चमा न्यायाधीश सिफारिस गर्ने सम्भावना


काठमाडौं। सोमबार दिउँसो १ बजे न्याय परिषद्को बैठक बस्न लागेको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष मनोजकुमार शर्माको अध्यक्षतामा बस्न लागेको उक्त बैठकले सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना देखिन्छ।

सर्वोच्च अदालतमा अवकाशमा जान लागेका न्यायाधीश विनोद शर्मासहित ५ सिट खाली छ। अधिकांश उच्च कै न्यायाधीश सर्वोच्चमा सिफारिस हुने चर्चा सुनिन्छ।

सर्वोच्चको न्यायाधीशका लागि पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, विशेष अदालतका अध्यक्ष बासुदेव आचार्यलगायतको प्रतिस्पर्धा देखिन्छ। महिलाबाट यमुना भट्टराई सर्वाेच्चमा आउने सम्भावना पनि उत्तिकै छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ