पद्यकुमार मैनाली सचिवमा बढुवा, पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन
काठमाडौं। प्राविधिक सचिवमा पद्यकुमार मैनाली बढुवा भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक सचिवमा बढुवा मैनालीलाई बढुवा गर्ने निर्णय गरेको हो।
प्राविधिक सचिव बढुवाका लागि नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको थियो। सचिव बढुवाका लागि पहिलो नम्बरमा सिंह, दोस्रो नम्बरमा श्रेष्ठ र तेस्रो नम्बरमा मैनालीको नाम सिफारिस गरेको हो। सरकारले तेस्रो नम्बरमा सिफारिस मैनालीलाई सचिवमा बढुवा गरेको हो।
गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएको थियो। पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएसँगै सचिव बढुवा सिफारिस भएको हो। सचिवमा बढुवा भएका मैनाली उक्त मन्त्रालयमा पदस्थापना भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस