युथ पार्लियामेन्ट फोरममा नेपालका तर्फबाट सांसद महतोको उम्मेदवारी


काठमाडौं। युथ पार्लियामेन्ट फोरममा नेपालका तर्फबाट युवा सांसद रबिन महतोले उम्मेदवारी दिएका छन्। नेपालको तर्फबाट उम्मेदवारी दिएका सांसद महतोले उक्त फोरमा निर्वाचित गराउन आह्वान गरेका हुन्।

अफ्रिका महादेशको तान्जानियाको अरुसा सहरमा सञ्चालन भइरहेको १५३ औँ अन्तर व्यवस्थापिका सङ्घको सम्मेलन भइरहेको छ। उक्त सम्मेलनमा नेपालको तर्फबाट युवा सांसदको रूपमा महतो सहभागी भएका छन्। सम्मेलनको दोस्रो दिन युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट उनले सहभागिता जनाएका हुन्।

युथ पार्लियामेन्ट फोरममा महतोले विश्वमा संसद्मा युवाहरूको प्रतिनिधित्व अत्यन्तै न्यून रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको वर्तमान प्रतिनिधि सभामा ४३ प्रतिशत युवा सांसदहरूको सहभागिता रहेको विषयलाई जोडतोडका साथ उठाएका छन्। हालै नेपालमा गएको भोटेकोशी त्रिशूल बाढी, त्यसले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको जोखिम, त्यसैगरी युवाहरूले सङ्कट व्यवस्थापनमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा समेत युवा सांसदहरूको उनले ध्यानाकर्षण गराएका हुन्। यसैगरी युथ पार्लियामेन्ट फोरममा महतोले नेपालको तर्फबाट उम्मेदवारी दर्ता गर्दै सबै पार्लियामेन्टेरियनहरूका बीचमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्नका निम्ति आह्वान समेत गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ