प्राविधिक सचिवमा नवीनराज सिंह बढुवा
काठमाडौं। सरकारले प्राविधिक सचिवमा नवीनराज सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डमा कार्यरत सहसचिव सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सचिव बढुवाका लागि सहसचिव नवीनराज सिंह, मिना श्रेष्ठ र सुशिलचन्द्र आचार्यको नाम सिफारिस भएको थियो। सरकारले सिंहलाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगमा पदस्थापन गरेको हो।
क्याटेगोरी : समाचारट्याग : #नवीनराज सिंह


तपाईको प्रतिक्रिया दिनुहोस