नवीनराज सिंह, चक्रबहादुर बुढा र चन्द्रकान्त भण्डारी एकैदिन भए सचिव


काठमाडौं। सरकारले नवीनराज सिंह, चक्रबहादुर बुढा र चन्द्रकान्त भण्डारीलाई एकैदिन सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंह, बुढा र भण्डारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बुढा र भण्डारी एकल सिफारिसका आधारमा सचिवमा बढुवा भएका हुन्। सिंह पहिलो नम्बरमा सिफारिस भएका आधारमा सचिवमा बढुवा भएका छन्।

इन्जिनियरिङ सेवाको सचिवमा बढुवाका लागि सहसचिव नवीनराज सिंह, मिना श्रेष्ठ र सुशिलचन्द्र आचार्यको नाम सिफारिस भएको थियो। सरकारले सिंहलाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगमा पदस्थापन गरेको हो।

प्रशासन सेवाको सचिवमा बढुवाका लागि चक्रबहादुर बुढाको नाम एकल सिफारिस भएको थियो। महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव बुढा जेष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन्।

लेखापरीक्षण सेवाको सचिवमा चन्द्रकान्त भण्डारीको बढुवा भएका छन्। वरिष्ठ नायब उपमहालेखापरीक्षक भण्डारीको उपमहालेखापरीक्षकमा बढुवाका लागि एकल नाम सिफारिस भएको थियो। एकल सिफारिसमा परेका भण्डारी उपमहालेखापरीक्षक (सचिव)मा बढुवा भएका हुन्। सरकारले एकैदिन ३ विशिष्ट श्रेणीका कर्मचारी थपेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #चक्रबहादुर बुढा, #चन्द्रकान्त भण्डारी, #नवीनराज सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ