तीनकुने घटनामा तत्कालीन सिडिओ र प्रहरी अधिकारीमाथि कारबाही सिफारिस
काठमाडौं। तीनकुने घटनामा तत्कालीन सिडिओ र प्रहरी अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ऋषिराम तिवारी (हाल लागुऔषध नियन्त्रण विभागको महानिर्देशक) जिल्ला परिसर काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी), एसपी अपीलराज बोहोरा र सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ कारबाही गर्न सिफारिस गरेको हो।
उनीहरूलाई संविधानको धारा २४९ को उपधारा २ को (ख) बमोजिम विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले जिम्मेवारी पूरा नगरेमा वा कर्तव्य पालन नगरेमा वा जिम्मेवारी पूरा गर्न वा कर्तव्य पालन गर्न उदासीनता देखाए त्यस्तो पदाधिकारी उपर विभागीय कारबाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गर्ने उल्लेख छ । उक्त प्रावधानमा टेकेर आयोगले काठमाडौंका तत्कालीन सिडिओ र प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको हो।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस