अच्यूतमणि नेउपाने सचिवमा बढुवा, बेपत्ता आयोगमा पदस्थापन


काठमाडौं। न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्यूतमणि नेउपाने विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता)मा बढुवा भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। नेउपाने हाल उक्त आयोगमा सहन्यायाधिवक्ताको भूमिकामा कार्यरत छन्। सरकारले उनलाई उक्त आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।

न्याय सेवा आयोगले सहन्यायाधिवक्ता नेउपाने विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता)मा बढुवा गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा सरकारले नेउपानेलाई सचिवमा बढुवा गरेर आयोगमा पदस्थापन गर्ने निर्णय गरेको हो।

नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त रिक्त स्थानमा नेउपाने बढुवा भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अच्यूतमणि नेउपाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ