आचारसंहिता उल्लंघन गर्ने १ हजार १६७ कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन


काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले आचारसंहिता उल्लंघन गर्ने १ हजार १६७ कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। यस अवधिमा राष्ट्रिय सतर्कता केन्द्रबाट आचारसंहिता उल्लंघन गर्ने १ हजार १६७ कर्मचारीहरूलाई कारबाही गर्न सम्बन्धित निकायमा निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले ‘सरसफाई सप्ताह मार्गदर्शन, २०८३’ अनुसार असोज २२ देखि २८ गतेसम्म सबै सरकारी, प्रदेश तथा स्थानीय निकायमा सरसफाई कार्यक्रम सञ्चालन गर्न पत्राचार गरेको छ। हरेक निकायमा सरसफाई ‘फोकल पर्सन’ तोकिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो।

यो साता  प्रधानमन्त्री वालेन्द्र शाहज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूबाट महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन्। ती उपलब्धिहरूको हाइलाइट्स:

१. सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिमका विषयगत समितिका सचिवहरूसँग अन्तरक्रिया गरी विगतका निर्णय कार्यान्वयनको समीक्षा गर्दै नयाँ ८ बुँदे निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएयो।

२. नेपाल सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिहरूबीच भएको सम्झौता तथा शहीद परिवार र घाइतेहरूका लागि स्वीकृत एकीकृत पुनर्स्थापना र सामाजिक संरक्षण प्याकेज कार्यान्वयन गर्न गठित समन्वय समितिको बैठक बसी विभिन्न निर्णय गरिए।

३. चिकित्सा शिक्षा आयोगमा ५ जना सदस्य र कार्यकारी समितिमा २ जना सदस्य मनोनयन गरिएको छ। साथै, स्वदेशी तथा विदेशी लगानी सहजीकरणका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ को मस्यौदा तयार भइरहेको छ।

४. कूटनीतिक मामिला समन्वय तथा प्रदेश समन्वय परिषद्का निर्णय कार्यान्वयनबारे राष्ट्रियसभाका प्रतिनिधिसहित प्रदेशका मन्त्री/सचिवहरूको उपस्थितिमा अन्तरक्रिया गरियो।

५. साझा प्रकृतिका तथा राष्ट्रिय महत्त्वका विभिन्न ९ प्रणालीको परिमार्जन तथा मर्मत सम्भार सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत गर्न कर्मचारी भर्ना प्रक्रिया अघि बढाइयो। सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस)लाई देशैभर सहज तरिकाले सञ्चालन गर्ने कार्य भइरहेको।

६. ‘सरसफाई सप्ताह मार्गदर्शन, २०८३’ अनुसार असोज २२ देखि २८ गतेसम्म सबै सरकारी, प्रदेश तथा स्थानीय निकायमा सरसफाई कार्यक्रम सञ्चालन गर्न पत्राचार गरिएको र हरेक निकायमा सरसफाई ‘फोकल पर्सन’ तोकिएको।

७. यस अवधिमा राष्ट्रिय सतर्कता केन्द्रबाट आचारसंहिता उल्लंघन गर्ने १ हजार १६७ कर्मचारीहरूलाई कारबाही गर्न सम्बन्धित निकायमा निर्देशन दिइएको।

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धीको कार्यन्वयन कार्ययोजना सम्बन्धी अभिमूखिकरण गरिएको।

९. प्रधानमन्त्री कार्यालयबाट धनकुटा, मोरङ र सुनसरीका कारागार/हिरासतमा कैदीबन्दीको मानव अधिकार अवस्था तथा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा फैसला कार्यान्वयनको अवस्था अनुगमन गरिएको।

१०. हेलो सरकारमा १ हजार ७५५ वटा गुनासो प्राप्त भएकोमा १ हजार १७४ वटा समाधान गरिएको।

११. प्रधानमन्त्री कार्यालयमा सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकबाट चाडपर्वमा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने, कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन कडाइ गर्ने निर्णय गरिएको। उक्त बैठकबाट यात्रुहरूका लागि सार्वजनिक यातायात, भाडादर नियन्त्रण एवं मापसे/गति नियन्त्रण कडाइका साथ पालना गराउने निर्णय पनि भएको।

१२. मन्त्रिपरिषद्को निर्णय अनुसार भूमि सम्बन्धी, विपद् सम्बन्धी र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ