गृहले तीन जिल्लामा सहसचिव सिडिओ पठायो


काठमाडौं। गृह मन्त्रालयले तीन जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। कपिलवस्तु, उदयपुर र अर्घाखाँचीमा सहसचिव सिडिओ पठाएको हो।

अर्घाखाँचीका सिडिओ तोयनारायण सुवेदीलाई कपिलवस्तु सरूवा गरेर विष्णुप्रसाद ज्ञवालीलाई अर्घाखाँचीको सिडिओमा पठाएको हो। ज्ञवाली महालेखा नियन्त्रक कार्यालयबाट गृह मन्त्रालय सरूवा भएका थिए। उनलाई गृह मन्त्रालयले अर्घाखाँचीको सिडिओमा पठाएको हो।

उदयपुरको सिडिओमा कृष्णबहादुर शाहीलाई पठाइएको छ। राष्ट्रपति कार्यालय गृह आएका शाहीलाई उदयपुरको सिडिओमा पठाइएको हो। उदयपुरका सिडिओ मेखबहादुर मंग्राती अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि उक्त जिल्लामा सिडिओ रिक्त रहेको थियो। ६ महिना जागिर बाँकी रहेका सहसचिव शाहीलाई उदयपुरको सिडिओमा पठाइएको हो। शाही सिडिओका लागि उपयुक्त पात्र भने हुन्।
सहसचिवको दरबन्दी रहेको रामेछाप, दैलेख र प्युठान भने सिडिओ रिक्त रहेको छ। उपसचिवको दरबन्दी राखेपनि हुने ३ वटै जिल्लामा सहसचिवको दरबन्दी राखिएको छ। सहसचिवको दरबन्दी भएका ३ जिल्ला सिडिओविहीन अवस्थामा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर शाही, #तोयनारायण सुवेदी, #विष्णुप्रसाद कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ