स्वास्थ्य मन्त्रालयका उपसचिव सापकोटाको राजीनामा, आचार्य अवकाशको मुखमा
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अवकाशमा रहेका दुई उपसचिव थिए। कार्तिकमा उपसचिव रामप्रसाद सापकोटा र मंसिरमा उपसचिव पर्वप्रसाद सापकोटा अवकाशमा जाने सूचीमा थिए। दुईमध्ये मन्त्रालयमा कार्यरत उपसचिव सापकोटाले राजीनामा दिएर हिँडेका छन्।
उपसचिव सापकोटा मंसिर १ गते ५८ वर्ष उमेर पूरा भएर अवकाशमा जाने सूचीमा थिए। उपसचिव सापकोटा ३०-५५ खतराबाट जोगिन अवकाशको दिन नकुरी राजीनामा दिएर हिँडेका हुन्। राजीनामा स्वीकृत गराएर उनी आनन्दले घरमा बसेका छन्। पेन्सन र ५५ वर्ष उमेरको टेन्सनबाट टाढा हुँदै सापकाेटा आनन्दले घरमा बस्न थालेका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेका अर्का उपसचिव रामप्रसाद आचार्य अनिवार्य अवकाशमा जाने सूचीमा छन्। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काजमा कार्यरत उपसचिव आचार्य कार्तिक २७ गते ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपसचिवको दरबन्दी नभएपनि आचार्य शक्ति प्रयोग गरेर त्यहाँ काजमा जान सफल भएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव पर्वप्रसाद सापकोटा, #उपसचिव रामप्रसाद आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस