प्रदिप-चोलेन्द्र निकट बस्नेत सिआईबीको नियन्त्रणमा


काठमाडौं। भ्रष्टाचार मुद्दा लागेर जेलमा रहेका प्रदिप अधिकारी र पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निकट व्यवसायी नवीनराज बस्नेत प्रक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो।

१३ वर्ष पुरानो रक्तचन्दन तस्करीको मुद्दामा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बस्नेतमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अदालतका बिचौलियाहरूसँग सेटिङ मिलाउन सक्रिय रहँदै आएको आरोप लाग्ने गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत बस्नेतको घरमा छापा मारेको थियो। उनी हाल प्रहरीको नियन्त्रणमा पुगेका छन्।

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले तान्त्रिक प्रयोग गरेका थिए। तान्त्रिक खोजिदिने व्यक्ति नै बस्नेत भएको बताइन्छ। बस्नेतको केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग खास सम्बन्ध रहेको छ। प्रदिप अधिकारीले अख्तियार मिलाउन बस्नेतलाई प्रयोग गरेको चर्चा सेलाएको छैन। केही समय विदेश पलायन भएका बस्नेत नेपाल फर्किएपछि प्रहरीको फन्दामा परेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ