एकैदिन सहसचिव भएकी केसीले जोशीलाई नापीको डिजीबाट गरिन् विस्थापित
काठमाडौं। प्रकाश जोशी र करूणा केसी एकैदिन इन्जिनियरिङ सेवा, सर्भे समूहको सहसचिव भएका हुन्। २०७४ चैतमा सहसचिव भएका जोशी र केसीका लागि नापी विभागको महानिर्देशक (डिजी)को कुर्सी ‘म्युजिकल चेयर’ जस्तो बनेको छ। नापीको डिजीबाट जोशीलाई केसीले विस्थापित गरेकी हुन्।
नापी समूहको सरूवा विवादमा महानिर्देशक जोशी मन्त्रालय तानिएका छन्। नापीको महानिर्देशकको जिम्मेवारी भने उपमहानिर्देशकको भूमिकामा रहेकी केसीले पाएकी छिन्।
२०७४ सालमा आन्तरिक प्रतिस्पर्धाबाट जोशी नापीतिरको सहसचिव भएका थिए। सोही मितिमा महिला कोटाबाट केसी पनि नापीको सहसचिव भएकी थिइन्। लामो समय नापीको डिडिजी भएर बसेकी केसी डिजीमा उम्लिएकी छिन्।
नापीतिरका सबैभन्दा वरिष्ठ सहसचिव गणेशप्रसाद भट्ट हुन्। त्यसपछि प्रकाश जोशी, करूणा केसी, जनकराज जोशी, सुशील डंगोल,जोशी, सुशील डंगोल र नारायणप्रसाद रेग्मी रहेका छन्। कृष्णप्रसाद सापकोटा अवकाशमा गइसकेका छन्। नापी विभागमा पनि ठूलो संख्यामा डिजिजी राखिएको छ। डिडिजीको दरबन्दी भने पुनरावलोकन गर्न आवश्यक देखिन्छ।
ट्याग : #करूणा केसी, #प्रकाश जोशी


तपाईको प्रतिक्रिया दिनुहोस