पञ्चातकालमै जागिर खाएका दुई सहसचिव


काठमाडौं। जागिर खाएको हिसाबले नेपाल प्रशासन सेवाका दुई सहसचिव सबैभन्दा पुराना कर्मचारीमा पर्छन्। रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल र भन्सार विभागका महानिर्देशक यमलाल भुसाल पञ्चायतकालमा जागिर खाएका कर्मचारी हुन्।

सहसचिव पौडेलले २०४५ सालमै सरकारी जागिर खाएका हुन्। सहसचिव भुसाल २०४६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। पञ्चायतकालमा जागिर खाने सहचिवमा पौडेल र भुसाल बाहेक सायदै होलान्। ३५ वर्ष सेवा अवधि कटेका अधिकांश सहसचिवले राजीनामा दिएर हिँडिसकेका छन्। सहसचिव पौडेल र भुसाल भने सचिवको आशामा पेन्सनको टेन्सन नलिइ जागिर खाइरहेका हुन्।

३८ वर्ष बढी सरकारी सेवामा बिताएका सहसचिव पौडेल असार १ गते ५८ वर्ष पूरा भएर घर जाँदैछन्। सचिव बढुवाको मुखमा रहेकाले उनले ३० वर्ष बढीको पेन्सन जाने खतरा देखिएपनि राजीनामा दिएका छैनन्। ३०-५५ दुबै मापदण्डमा पर्ने पञ्चायतकालका कर्मचारी पौडेल सबैभन्दा पुराना कर्मचारी हुन्। जयनारायण आचार्यपछि दोस्रो नम्बरमा रहेका सहसचिव पौडेलभन्दा अगाडि जागिर खाएका सहसचिव सरकारी सेवामा बाँकी देखिँदैनन्। सहसचिव पौडेलको पञ्चायतकालको अनुभव ‘जेन-जी’ युगमा खासै काम लाग्ने पनि देखिँदैन। ३०-५५ लागू भए तत्काल घर जाने सूचीमा रहेका पौडेल उक्त कानुन ढिला आए केही दिन सचिव हुने सम्भावना छ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल पौडेलभन्दा एक वर्ष पछाडिका कर्मचारी हुन्। उनले पनि सरकारी जागिर खाएको ३७ वर्ष हुन लाग्यो। सहसचिव भुसालले पञ्चायतकाल २०४६ साल चैतमा सरकारी जागिर खाएका थिए। ३०-५५ दुबै मापदण्डमा परेका भुसाल सचिव बढुवाको आशमा बसिरहेका छन्। पञ्चायतदेखि गणतन्त्रसम्म भोगेका पौडेल र भुसाल अहिले पनि निजामती सेवामा कार्यरत रहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र पौडेल, #यमलाल भुसाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ