स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव


नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न सुझाव दिएको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई कोरोनाबाट अतिप्रभावित जिल्लामा बन्दाबन्दी गर्न पनि आग्रह गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग छ ।

संघद्वारा जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड-१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ ।स्वास्थ्य सस्थालाई भौतीक तथा प्रवधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड १९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउन आग्रह गरेको छ। कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

संघले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बिमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।

संघले चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न आगह गरेको छ ।

कोभिड९१९ को नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ।

चिकित्सक तथा स्वास्थयकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नु पर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिई र कोभिड १९ सम्बन्धी तालिम दिनु पर्ने माग गरेको छ।

कोभिड १९ पोजेजिट देखिएका केसहरुका कन्ट्याक टेसिङको दायरा बढाउनु पर्ने र हटस्पट देखिएको ठाउँमा आटि पिसिआर गरि पोजेटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने लगायत माग राखेको छ।

No description available.
No description available.
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #नेपाल चिकित्सक संघ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com