नयाँ सरकार गठनबारे जसपाभित्र कुरा मिलेन, महन्थ ओलीतिर, बाबुराम-उपेन्द्र विकल्पमा


काठमाडौं : जनता समाजवादी पार्टीभित्र सरकारको विकल्प खोज्नेबारे सहमति जुट्न नसक्दा कार्यकारिणी बैठक अनिश्चित बनेको छ ।

पार्टीका शीर्ष नेताहरुबीच नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे मतान्तर छ ।

सरकारको बिकल्प खोज्नुपर्न पक्षमा अडान राख्दै आएका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।

तर ओली सरकारकै पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले भने कार्यकारिणी बैठक बोलाउन रुची देखाएका छैनन् ।

कार्यकारिणी बैठकमार्फत ओली सरकारको बिकल्प खोज्नुपर्ने भट्टराई र यादवको माग छ । मंगलबार बसेको जसपाको पदाधिकारीको बैठकमा भट्टराई र यावदले कार्यकारिणी बैठकमार्फत सरकारका बारेमा ठोस निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।

जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको हो

पदाधिकारीबीचको छलफलमा भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् भने ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com