ओलीको कारवाहीलाई बेवास्ता गर्दै नेपाल समूहले समानान्तर कमिटीलाई निरन्तरता दिने


काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कारवाहीको चेतावनी बेवास्ता गर्दै देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ ।

बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा नेपाल पक्षका स्थायी समिति सदस्यबीच भएको छलफलले समानान्तर गतिविधिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले विधानविपरीत काम गर्न नरोकेसम्म समानान्तर कमिटी विस्तारलाई पनि आफूहरुले निरन्तरता दिने निर्णय नेपाल समूहले गरेको हो ।

ओलीले पार्टीभित्र समानान्तर गतिविधि, गुटगट कार्यक्रम अस्वीकार्य रहेको बताउँदै आएका छन् ।

उनले पार्टीमा गुटगत गतिविधिमा संलग्नहरुसँग सामूहीक वार्ता र संवाद पनि नगर्ने स्पष्ट पार्दै आएका छन् ।

उनले गुटगत कार्यक्रम गर्नेलाई कारवाहीको चेतावनी दिँदै आएपनि नेपाल समूहले भने त्यसलाई चूनौति दिँदै आएको छ ।

नेपाल समूहले पार्टीका जिल्ला कार्यसमितिदेखि विभिन्न जनवर्गीय संगठनमा पनि समानान्तर गतिविधि गर्दै आएको छ ।

स्थायी कमिटी बैठकमा सहभागि एमाले नेता भीम रावलले ओलीले विधान विपरीत कार्य नरोकेसम्म समानान्तर कमिटी विस्तार कार्य पनि नरोकिने बताए ।

उनले आफूहरुका समानान्तर गतिविधिले ओलीलाई दवाव पुगेको निष्कर्श निकालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल समूह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com