भेरो सेल को दोस्रो डोज आगामी जेठ २ गतेबाट सुरु


काठमाडौं । चिनियाँ खोप भेरो सेल को दोस्रो डोज आगामी जेठ २ गतेबाट सुरु हुने भएकाे छ । परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका अनुसार विगतमा खाेप लगाएका उपत्यका र आसपासका जिल्लामा जेठ २ देखि दोस्रो डोज लगाउने निर्णय भएकाे छ । कहाँ कहाँ छन् केन्द्र 

काेभिसिल्ड ८ देखि १० हप्तामा लगाएकाे थियाे । तर, भेराे सेल ४ हप्ता अर्थात २८ दिनमा लगाउने तयारी भएकाे हाे ।  सरकारले २५ चैत देखि चिनियाँ भेरो सेल लगाउन थालेको थियो ।

उपत्यका तीन सहित ७ जिल्लामा १८ देखि ६० बर्षका व्यक्ति र त्यसमा पनि विशेष प्राथमिकता निर्धारण गरि खोप दिएको थियाे । दोस्रो डाेज खोप २ देखि ९ गतेसम्मका लागि विगतकै खाेप केन्द्रबाट संचालन हुने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##khop

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com