समाजकल्याण परिषद्ले समन्वय नगर्दा गैरसरकारी सस्था परिचालनमा कठिनाई


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालीन सहयोग गर्न अपिल गरेसँगै अहिले गैरसरकारी सस्थाहरु सहयोग गर्न तयार भएका छन् । तर, त्यसका लागि समाज कल्याण परिषद् बाधक बनेको छ । स्वास्थ्यकर्मीहरु नियमीत काममा खटिएका छन् यता, परिषद्का कर्मचारी भने बेपत्ता छन् ।

विगत १० दिन देखि स्वास्थ्य मन्त्रालयले समाज कल्याण परिषद्का कर्मचारीलाई सम्पर्क गरिरहेको छ । तर, उनिहरु सम्पर्कमा आएका छैनन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, यस्तो महामारीमा स्वास्थ्यले बाहेक अरु निकायले आफ्नो भुमिका समेत निर्वाह गरेनन् ।

जतिपनि गैरसरकारी सस्थाहरु छन्, उनिहरु सबै समाजकल्याण परिषद्मा दर्ता हुनुपर्छ । समाज कल्याण परिषद्ले परिचालनको पत्र नलेख्दासम्म उनिहरुले काम गर्न सक्दैनन् । ‘हामीले अहिलेको आपत्कालीन अवस्थामा विकास साझेदार सस्थालाई सहयोग गर्न औपचारी आग्रह गरेका छौं मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले भने, ‘तर, समाज कल्याण परिषद्ले सहयोग गरेन । दश दिन देखि सम्पर्क गर्दा पनि परिषद्का कुनै सदस्य सम्पर्कमा आएका छैनन् । यसले काममा निकै ठुलो बाधा परेको छ ।’

हामीले दिनहु सम्पर्क गर्छौ सह प्रवक्ता अधिकारीले भने, ज्यान जाला समाज कल्याण परिषद्का कर्मचारी रेस्पोन्स गर्दैनन् । उता बिकास साझेदार सस्थाहरुको परिचालन हामीले भनेर हुदो रहेनछ । अधिकारीले भने, आपत्कालीन अवस्था भएकाले अन्तराष्ट्रिय संघ सस्थालाई काम गर्न स्वास्थ्य मन्त्रालयले सिधै पत्र दिएको छ । तर, उनिहरुलाई समन्वयमा समस्या हुदो रहेछ । समस्या आएपछि मैले विगत १० दिन देखि समाज कल्याण परिषद्मा सम्पर्क गर्न खोजिरहेको छु तर, सकिएको छैन अधिकारीले भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com