निषेधाज्ञा फितलो भयो : प्रमुख विशेषज्ञ डा पोखरेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा अझै कडाई गर्नु पर्ने बताएको छ । सरकारले गरेको निषेधाज्ञा तीन हप्ता पुग्दा समेत कोरोना संक्रमण अपेक्षा अनुसार घट्न नसकेको भन्दै यसलाई अझै कडाई गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले निषेधाज्ञा ज्यादै फितलो भएको बताए । ‘कम्तिमा अब दुई हप्ता ठप्प हुने किसिमले निषेधाज्ञा लगाउनु पर्छ डा पोखरेलले भने, ‘आम नागरिकलाई एक–दुई हप्ता पुग्ने सामान किन्न लगाएर निषेधाज्ञामा कडाइ गर्नुको बिकल्प छैन । बिहानमा मानिसहरुको जमघट सडकमा छ, संक्रमण त्यहीबाट फैलिरहेको छ । जुन अझै नियन्त्रणमा आउन सकेको छैन ।’

स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन २०२० लाई परिमार्जन समेत गरेको छ । त्यसलाई अध्यायदेश मार्फत पास गरेर संकटकाल तर्फ उन्मुख हुनुपर्ने उनले बताए । स्वास्थ्य संकटकाल भनेर औपचारीक घोषणा नगरे पनि अनौपचारीक रुपमा त्यसलाई प्रयोगमा ल्याउनु पर्छ प्रमुख विशेषज्ञ पोखरेलले भने ।

मन्त्रालयले अस्पतालहरुलाई हाइफ्लो अक्सिजन प्रयोग गर्ने भन्दा पनि सिप्याप र बिप्याप अनुरोध गरेको छ । केस नघटेपछि अक्सिजनको थप अभाव हुन नदिन मन्त्रालयले अस्पतालमा उपचाररत संक्रमितलई अक्सिजन प्रयोगमा सावधानी अपनाउन भनेको हो ।

मन्त्रालयले आफ्नो स्तरबाट अक्सिजन प्लान्ट ल्याउन सम्भव नभएको भन्दै, प्रधानमन्त्री –प्रधानमन्त्री स्तरमा वार्ता गरी अन्य देशबाट अक्सिजन प्लान्ट तुरुन्त ल्याउन पहल गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री स्तरबाट कुरा भए चीन, टर्की लगायतका देशबाट तत्कालै अक्सिजन प्लान्ट आउने अधिकारीहरुको बुझाई छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com